काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आइतवार एक कार्यक्रमका बीच लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्र अनुसार शेयर दाखिला खारेज, नामसारी, धितो बन्धक, अभौतिकीकरण लगायत शेयर रजिष्टे्रशन सम्बन्धी सम्पूर्ण काम मर्चेण्टले गर्ने बताइएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई गत फागुन ३० देखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।