काठमाडौं। महालक्ष्मी विकास बैंकले चितवनको सौराहामा ‘नेतृत्व, सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता’ विषयक दुईदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकहरूको सहभागिता थियो ।
बैंकको व्यवसाय विस्तार, ग्राहकको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीको सामूहिक प्रयत्न आवश्यक रहने निचोड गोष्ठीको थियो । गोष्ठीमा आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई अगाडि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ ।
कर्मचारीको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्त्वपूर्ण आधारशिला भएको निष्कर्षका साथ विभिन्न अभ्यास समेत गरिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।