राष्ट्र बैंकका टक्सार महाशाखाका प्रमुख आचार्य बर्खास्त, सहकर्मीमाथि दुर्व्यवहारको आरोप*

Share News

काठमाडौ । नेपाल राष्ट्र बैंककी एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि  बैंककै टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ । एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि राष्ट्र बैंक मानव संशाधन विभागले बर्खास्ती  गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
गत पुस २६ गते नगरकोटस्थित एक रिसोर्टमा भएको स्ट्रो म्यानेजमेन्ट कार्यक्रममा सहकर्मी महीला कर्मचारी माथि दुर्व्यवहार गरेको आरोप आचार्यलाई थियो । घटनालाई आन्तरिकरूपमा मिलाउन खोजिए पनि अन्तिममा प्रहरीकोमा पुगेको थियो  ।

*सच्याइएको

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।