काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई आवश्यक पर्ने ३ थान सीसीटीभी क्यामेरा र २ थान गो–प्रो क्यामेरा सहयोग गरेको छ । यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने गरी अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास बैंकको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्ने तथा मिस्डकल बैंकिङजस्ता सुविधा बैंकमा भौतिक उपस्थितविना नै उपयोग गर्न सकिने व्यवस्था गरेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।