राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान

Share News

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा ल्याएको छ । ‘ग्लोबल मनी विक २०२४’ का सन्दर्भमा बैंकले सात प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मंगलवारदेखि शुरू भएको अभियान आइतवारसम्म सञ्चालन हुने बैंकले जानकारी दिएको छ । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर मनी’ मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्त्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाउँदै आएको साप्ताहिक अन्तरराष्ट्रिय अभियान हो । विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकलाई लक्षित गरी ज्ञान, शीप तथा बैंकिङ व्यवहार सिकाउने उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको बैंकले बताएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।