सबैको लघुवित्तको वित्तीय साक्षरता तालीम सम्पन्न

Share News

काठमाडौं। ‘ग्लोबल मनि विक २०२४’को अवसरमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेको गुलरीस्थित नेपाल राष्ट्रिय माध्यमिक डाँडाटपरी, कैलालीका जोशीपुरस्थित मोहन्याल मावि र जोशीपुरकै बीपी स्मृति विद्यालय, लोखीस्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालय, भगतपुरस्थित नेपाल होलील्याण्ड पब्लिक स्कुल, मुद्धिस्थित जनप्रकाश माध्यमिक विद्यालय र बौनियास्थित रघुनाथ माध्यमिक विद्यालयमा ‘वित्तीय साक्षरता तालीम’ गरेको छ । तालीममा वित्तीय साक्षरताको महत्त्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतको महत्त्व, बचतका उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनोट, कर्जाको योजना तथा कर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिम न्यूनीकरण, जोखिम परिचय र असर, विप्रेषण सेवा लगायत विषयमा छलफल गरिएको थियो । संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नतितिर अगाडि बढेको बारेमा प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले जानकारी गराएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।