चितवन। चितवन जिल्ला क्रिकेट संघ र भरतपुर–१० स्थित देव हस्पिटलबीच सम्झौता भएको छ । सोमवार नारायणगढमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष सुदिप पिया र देव हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. विवेक न्यौपानेले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा संघका अध्यक्ष पियाले सम्झौताले चितवनका खेलाडीको उपचारमा सहुलियत मिलेको बताए । सम्झौता अनुसार संघलाई हस्पिटलले १ लाख रुपैयाँ प्रदान गर्नेछ भने खेलाडीको उपचारमा ५० प्रतिशत छूट दिनेछ । त्यस्तै खेलाडीका परिवारले पनि उपचारमा ३० प्रतिशत छूट पाउनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।