माछापुच्छ्रे बैंकको सहयोगमा शैलेश्वरी माविमा शौचालय निर्माण

Share News

काठमाडौं। माछापुच्छ्रे बैंकले कैलालीको गोदावरी–६ स्थित शैलेश्वरी माध्यामिक विद्यालयमा शौचालय निर्माणमा सहयोग गरेको छ । बिहीवार कार्यक्रमबीच बैंकले निर्माण गरेका ८ ओटा शौचालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । 

बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भएको जानकारी पाएपछि बैंकले पूर्वाधार निर्माण गरेको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाठकले बैंकको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय सञ्चालनका लागि उत्प्रेरणा मिल्ने बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।