उपत्यकामा होलीको उल्लास [तस्वीरहरू]

Share News

काठमाडौं । रङको पर्व होली काठमाडौं उपत्यकामा धुमधामसँग मनाइँदैछ । हिन्दु धर्मावलम्बीले एकआपसमा रङ दलेर खुसी साटासाट गर्दै यो पर्व मनाउने गरेका छन् । 

पर्वका अवसरमा काठमाडौंको वसन्तपुरलगायत क्षेत्रमा होली खेल्नेको भीड नै लागेको छ । वसन्तपुरमा पुगेका युवकयुवतीमध्ये कोही रङ फालेर नाचिरहेका छन् त कोही एकअर्कालाई रङ लगाउँदै छन् । त्यहाँ पुगेका युवा होइन, पाको उमेरका व्यक्तिमा पनि होलीको उल्लास देखिन्छ । 

नेपालीसँगै भारतीयले पनि प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाको दिनमा यो पर्व मनाउने गरेका छन् ।  

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।