मनकामना स्मार्ट लघुवित्तको साधारण सभा चैत २९ गते, यी प्रस्ताव पेस हुने

Share News

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा चैत २९ गते हुने भएको छ । सभा रुपन्देहीको सिद्धार्थनगर-६ स्थित होटल पौवामा दिउँसो १ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै सभाले समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा भएको डीडीए मूल्यांकनकर्ताको नियुक्त तथा निजको पारिश्रमिक अनुमोदन, शेयर आदानप्रदान दर प्रस्ताव पारित, प्रारम्भिक समझदारीपत्र तथा प्राप्ति सम्बन्धमा भएको निर्णयको अनुमोदन, अन्तिम सम्झौतापत्रलगायत कार्य गर्न/गराउनको लागि सञ्चालित समितिलाई अख्तियारी र प्राप्तिसँग सम्बन्धित आवश्यक अन्य सम्पूर्ण निर्णय पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ देखि २९ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा चैत १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन योग्य हुनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।