‘ग्लोबल मनी विक’मा आरविवि मर्चेन्टको सचेतनामूलक कार्यक्रम

Share News

काठमाडौं। ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले शुक्रवार नुवाकोट आदर्श बहुमुखी क्याम्पस, विदुर–४ बट्टारमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी तथा शिक्षकको लागि वित्तीय सचेतनामूलक कार्यक्रम गरेको छ । कार्यक्रममा मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र वरिष्ठ अधिकृत सृजना बाँस्कोटा उपस्थित थिए । कार्यक्रमबाट पूँजीबजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि भएको विश्वास गरिएको छ । आरविवि मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।