समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Share News

काठमाडौं। ‘ग्लोबल मनी विक २०२४’ अन्तर्गत समृद्धि फाइनान्सका पोखरा, मधुवन, गैर र हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् । संस्थाको पोखरा शाखाले गुरुङ महिला समूहका ४० महिला, मधुवन शाखाले स्थानीय ८० जना किसान तथा युवा, गैर शाखाले विपन्न समुदायका ३५ जना स्थानीय र हेटौंडा शाखाले २५ जना स्थानीय युवालार्ई वित्तीय साक्षरता दिएको बताइएको छ । कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई बचतमा परिणत गरी अनावश्यक खर्चलाई कटौती गरेर बचतको बानी बसाल्ने विषयमा जानकारी दिइएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।