चैते धानको समर्थन मूल्य तोक्ने सरकारको निर्णय, क्विन्टलको भाउ कति ?

फाइल तस्वीर ।

Share News

काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ । बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु. २७०७.२८ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । 

यस्तै, बैठकले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।