तस्वीरहरूमा हेर्नुस् ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला

Share News

काठमाडौं । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रवार शुरु भएको छ । 

महिला उद्यमी महासंघको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो । मेला यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।  

महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य मेला आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । 

मेलामा नेपालमा उत्पादित कपडाको फेशन शो पनि भएको थियो । जसमा र्याम्पमा नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कलगायत सहभागी भएका थिए । 

हेर्नुस् तस्वीरहरू

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।