काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले शिर मेमोरियल अस्पतालको समन्वयमा क्यान्सर केयर सेन्टरमा भर्ना भएका बिरामीका कुरुवाका लागि आवश्यक पर्ने टेलिभिजन सेट नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखालाई सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष नेपाल सुधार भैललाई फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले हस्तान्तरण गरेका हुन् । सो अवसरमा संस्थाका सञ्चालकहरू सुरकृष्ण बैद्य, तुल्सीप्रसाद बराल, ईश्वरीप्रसाद नेउपाने, प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र उपप्रमुख कार्यकारी अधिकृत रामहरि आचार्यको उपस्थित थियो । संस्थाले २१ शाखामार्फत निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई ई–बैंकिङ, एससीटी नेटवर्क एटीएम, विभिन्न रेमिट्यान्स सेवा, सी–आस्बा, आईपीएस, कनेक्ट आईपीएस, एबीबीस सेवा, आरटीजीस, ईसीसी, मोबाइल बैंकिङ समेतका सेवा प्रदान गर्दै आएको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।