ग्लोबल आइएमई बैंक र अलोइबीच सहकार्य

Share News

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी गरेको छ । समझदारीपछि बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासम्बन्धी सेवाको प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताइएको छ । यो समझदारीले वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकको छ । बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।