कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा, ‘सत्ताको खेल उदांगो भो’

Share News

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका उनले बुधवार (आज) प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । 

नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका उनले केन्द्रमा सत्ता गठबन्धनको सहमतिविपरीत गत मंगलवार विश्वासको मत लिने तयारी गरेका थिए । तर, पार्टीको 'दबाब'का कारण उनी सफल हुन सकेनन् । केन्द्रमा कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा (एमाले)काे भागमा परेको थियो । 

केन्द्रमा आफ्नै पार्टी सम्मिलित गठबन्धनको सहमतिविपरीत उनले पद नछाड्ने अडान लिएपछि माओवादी केन्द्रले उनलाई फकाउन केन्द्रबाट नेताहरू पठाएको थियो । ती नेताहरूसँग गत मंगलवारको छलफलमा पनि उनले अडान नछाडेपछि उक्त दिन दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठक नै नबसी स्थगित गरिएको थियो । 

बुधवारको प्रदेशसभा बैठकमा सम्बोधनका क्रममा उनले सत्ताको खेल उदांगो हुँदा आफू ‘ब्याक’ हुनुपरेको बताएका छन् । 

‘केन्द्रीय सत्तामा आएको परिवर्तनले गर्दा मेरो नेतृत्वमा रहेको सरकारमा सहभागी दलले समेत फिर्ता लिएको संवैधानिक प्रक्रियाअनुरूप मैले विश्वासको मतका लागि अगाडि बढिरहेको सन्दर्भमा प्रदेश सरकारको निरन्तरता नदिने तथा विश्वासको मत समेतका लागि अनुरोध गर्न नसकिने परिस्थिति उत्पन्न भयो,’ उनले भने, ‘यसले सत्ताको खेललाई उदाङ्गो बनाएको छ, प्रदेश सरकारको स्थिरताबिना समृद्धि सम्भव छैन ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।