स्ट्याण्डर्ड चार्टर्डको नयाँ शाखा धरानको मुकुम्लुङ कम्प्लेक्समा

Share News

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले धरानको मुकुम्लुङ कम्प्लेक्समा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाले मोबाइल बैंकिङ र डिजिटल मार्केटिङ प्रडक्टलाई परिष्कृत गर्दै ग्राहक–केन्द्रित वित्तीय गतिविधि अगाडि बढाउने बताइएको छ । बैंकले विश्वव्यापी मापदण्ड अनुसारका कार्य प्रणाली अवलम्बनका साथै कर्मचारीलाई काम गर्ने नयाँ शैली अँगाल्न प्रोत्साहन गर्दै आएको बताइएको छ । 

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक इन्द्रा चम्लागाईं मैनाली, ब्रिटिस गोर्खाज नेपालका भेटेरान सर्भिसका प्रमुख मेजर मानबहादुर गुरुङ र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका उपप्रमुख कार्यकारी अधिकृत (डिसीईओ) गोरख राणाले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका थिए । राणाले देशका अन्य भागमा पनि ग्राहकको पहुँचलाई ध्यानमा राखेर शाखा सञ्चालनमा ल्याउँदै आएको बताए । स्ट्याण्डर्ड चार्टर्ड बैंकको उद्देश्य मुलुकको वाणिज्य र आर्थिक समृद्धिलाई अगाडि बढाई देशको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्याउनु रहेको उनले बताए ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।