एनआईसी एशिया लघुवित्तले आफ्ना ऋणी सदस्यका लागि ल्यायो ‘ब्याज तथा अन्य छूट योजना’

Share News

काठमाडौं । एनआईसी एशिया लघुवित्तले कर्जाको भाखा नाघेका आफ्ना ऋणी सदस्यका लागि ‘ब्याज तथा अन्य छूट योजना’ ल्याएको छ । 

लघुवित्तले गत फागुन मसान्तमा निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाका ऋणीका लागि उक्त योजना ल्याएको हो । योजनाअन्तर्गत त्यस्ता ऋणीले भुक्तान गर्ने मितिसम्मको पाकेको ब्याज तथा किस्ता रकमका साथै सम्पूर्ण कर्जा रकम यही चैत मसान्तसम्म पूर्णरूपमा चुक्ता गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छूट दिइने प्रेस विज्ञप्तिमा उल्लेख छ । र, ब्याज रकममा समेत २० प्रतिशतसम्म छूट दिइने बताइएको छ । 

ब्याज छूट योजनाअन्तर्गत कमसल कर्जा (९० दिनभन्दा माथि १८० दिनसम्मले भाखा नाघेको)को ब्याजमा १० प्रतिशत, शंकास्पद कर्जा (१८० दिनभन्दा माथि ३६५ दिनसम्मले भाखा नाघेको)मा १५ प्रतिशत र खराब कर्जा (३६५ दिनभन्दा बढीले भाखा नाघेको)मा २० प्रतिशत छूट दिइने बताइएको छ । 

देशमा हाल कायम आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्य÷कर्जा ग्राहकलाई परेको असर न्यूनीकरण गर्न सघाउ पुर्याउनका लागि उक्त योजना ल्याइएको बताइएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।