टुँडिखेलमा घोडेजात्रा, घोडाका खेल कौशल प्रदर्शन [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । घोडेजात्राका अवसरमा नेपाली सेनाले घोडाका विभिन्न खेल कौशल प्रदर्शन गरेको छ । 

जात्राका अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहमा सैनिकले राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौडलगायतका घोडचढी कला देखाएका थिए । 

नेपाली सेनाले आयोजना गरेको उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत विधामा प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै, सैनिक कुकुरको कौशल पनि प्रस्तुत गरिएको थियो ।
     
जात्राका अवसरमा जिवित देवी कुमारी पनि समारोहमा उपस्थित भएकी थिइन् । प्रत्येक वर्ष कृष्ण औंसीका दिन घोडेजात्रा मनाइने गरिन्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।