जनउत्थानको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न

Share News

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइतवार १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्था सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उपनिर्देशक जीवनप्रकाश पाण्डेको प्रमुख आतिथ्यमा बुटवलमा वार्षिकोत्सव विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक पाण्डेले जनउत्थान सामुदायिक लघुवित्तको फरक उद्देश्य तथा लक्षित समुदाय केन्द्रित गतिविधिको प्रशंसा गरे । उनले पछिल्लो समय बजारमा ऋण राज्यले मिनाहा गर्छ भन्ने भ्रामक सन्देश केही समूहले प्रवाह गरेको प्रसंग उठाउँदै त्यो साँचो नभएको बताए ।

कार्यक्रममा सञ्चालक तथा पूर्वअध्यक्ष रेवन्तबहादुर विश्वकर्मा, सञ्चालक मानबहादुर विश्वकर्मा (एमबी), संस्थापक जोगलाल विश्वकर्मा, संस्थापक माधवप्रसाद नेपाल, प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार रायले शुभकामना मन्तव्य राखेका थिए । वार्षिकोत्सवको सन्दर्भमा संस्थाले ३९ओटै शाखामार्फत विभिन्न सामाजिक क्रियाकलाप गरिएको संस्थाले जानकारी दिएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।