काठमाडौं। सिद्घार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यका साथ २०८१ सालको क्यालेन्डर जारी गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यको प्रवर्द्धन’ रहेको बताइएको छ । बैंकले क्यालेन्डरको माध्यमबाट सातै प्रदेशमा अवस्थित कम परिचित, तर आकर्षक पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने प्रयास गरेको बताइएको छ । यस प्रयासले आन्तरिक तथा विदेशी पर्यटकलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यको भ्रमण गरी पृथक् अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास बैंकको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।