काठमाडौ । एसिसी प्रमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। नेपालले सात विकेट गुमाएर २१० रन जोडेको हो । निर्धारित २० ओभरको अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै ६ वलमा ६ छक्का प्रहार गरेका थिए ।
ओमानको अल अमेरात मैदानमा दीपेन्द्र र आसिफ सेखले अर्धशतक बनाए। २१ बल खेलेका दीपेन्द्रले तीन चौका र सात छक्काको मद्दतले सर्वाधिक ६४ रन बनाए । अन्तिम ओभरको सबै बलमा उनले छक्का लगाए। यसैगरी, ४१ बल खेलेका आसिफ शेखले ६ चौकाको मद्दतले ५२ रन जोडे।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।