काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा शुक्रवार काभ्रेको बनेपामा सम्पन्न भएको छ । साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पार्दै सहभागीले राखेका जिज्ञासाको जवाफ दिएकी थिइन् । स्थापनाको पाँच वर्ष पूरा गरेको संस्थाले गत आर्थिक वर्ष सम्ममा १४ जिल्लामा ३६ शाखा मार्फत ३४ हजारभन्दा बढी सदस्यमा सेवा प्रदान गर्दै आएको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।