काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाँउपालिकासँगको समन्वयमा गत बुधवार सचेतना गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमले कृषि, पशुपन्छी तथा जडिबुटी बीमाले अधिकतम कृषकलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा गर्ने प्रक्रिया, बीमालेखका किसिम, बीमालेखमा भएका व्यवस्था, बीमा शुल्क, दाबी प्रक्रिया, व्यक्तिगत दुर्घटना बीमा लगायत विषयमा जानकारी गराएका थिए । टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेतले कृषकको आर्थिक भार कम गर्ने उद्देश्यका साथ थप १० प्रतिशत अनुदान प्रदान गर्ने योजना रहेको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोखरेलले सबै क्षेत्रबाट बीमासम्बन्धी सचेतना कार्यक्रमलाई अगाडि बढाउँदा प्रभावकारिता आउने बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।