नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’ हुँदै

तसवीर: सुनिल शर्मा/ आर्थिक अभियान

Share News

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (सोमबार) ब्रेक थ्रू  (छेडिएको) भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार सोमवार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गरिंदै छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहभागी गराइ सुरुङ ‘ब्रेक थ्रू’गर्न लागिएको हो  । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो ।

आयोजनामा तीनओटा अन्डरपास, चारओटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् ।  बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।