नेपाली सिमेन्ट निर्यातमा उल्लेख्य बृद्धि, पछिल्लो नौ महीनामा ६०२ प्रतिशतले बढ्यो निर्यात

Share News

काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनामा नेपाली सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (२०८०/०८१) को तथ्यांकअनुसार साउन देखि चैत्र मसान्त सम्ममा सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढेको देखिएको हो ।

गत आर्थिक वर्ष (०७०/८०) को ९ महीनामा नेपालले जम्मा ४२ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको ४ लाख ६४ हजार ३२९ टन सिमेन्ट र क्लिंकर निर्यात गरेको थियो । पछिल्लो १ महीनामा अर्थात चैतमा मात्रै ५० करोड २८ लाख बढीको सिमेन्ट निर्यात भएको छ।

भने चालू आर्थिक वर्षका ९ महीनामा नेपालले २ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको २५ लाख ९ हजार ५७८ टन सिमेन्ट र क्लिंकर निर्यात गरेको छ । गत वर्षको उक्त अवधिको तुलनामा यो आवको सोही अवधिमा सिमेन्ट र क्लिङ्कर निर्यात परिमाणमा ४४० प्रतिशतले र मूल्यमा ६०२ प्रतिशतले बढेको छ ।

यो अवधिमा १ अर्ब ४७ करोड ८९ लाख ४१ हजार रुपैयाँ बराबरको ४ लाख ३९ हजार १०५ टन क्लिंकर निर्यात गरेको छ भने १ अर्ब ४९ करोड ५६ लाख ६३ हजार रुपैयाँ बराबरको २० लाख ७० हजार ४७३ टन सिमेन्ट निर्यात गरेको छ । 

नेपालबाट निर्यात भएको सिमेन्ट र क्लिंकर गन्तव्य सबै भारत रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।