बस बिसौनीमा आधुनिक शैलीका फाल्चा [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । चारैतिर सिसा लगाइएका क्याबिनजस्ता घर छन् । ती क्याबिनभित्र कुर्ची राखिएका छन् । कुर्सीमा यात्रु र बटुवा बसेका छन् । 

गत मंगलवार काठमाडौंको सुन्धारा–न्युरोड सडकखण्डमा पर्ने बस बिसौनी पुग्दा यस्तै दृष्य देखियो । अहिले हरेक दिन त्यहाँ क्याबिनजस्ता आधुनिक शैलीका घर (फाल्चा)भित्र थकाइ मार्न बसेका बटुवा र गाडी कुर्न बसेका यात्रु देखिन्छन् । 

काठमाडौं महानगरपालिकाले हालै त्यहाँको बस बिसौनीमा फाल्चा निर्माण गरेको हो । धरहरा पुनःनिर्माणका क्रममा उक्त फाल्चा बनाएको महानगरपालिकाले जनाएको छ । फाल्चा निर्माण गरिएसँगै यात्रुलाई गाडी कुर्न र बटुवालाई थकाइ मार्न सहज भएको छ । 

उपत्यकामा फाल्चा निर्माणको शुरुआत अहिले भने भएको होइन, पहिलेदेखि नै भएको थियो । यसअघि उपत्यकामा काठका फाल्चा बनाइने गरिएको थियो । अहिले भने महानगरले आधुनिक शैलीका फाल्चा निर्माण गरेको हो । 

हेर्नुस् तस्वीरहरू


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।