काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित आफ्नै नव निर्मित भवनबाट सेवा दिन थालेको छ ।
बैंकले वीरगञ्ज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य लगायतको उपस्थितिमा आइतवार स्थानान्तरण तथा शुभारम्भ कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उपे्रतीले नयाँ भवनबाट ग्राहकले थप बृहत र परिष्कृत बैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहज रूपमा उपभोग गर्न सक्ने बताए ।
पञ्जाब नेशनल बैंक भारतको संयुक्त साझेदार रहेको बैंकले १२८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ३२ राजस्व संकलन केन्द्र, प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट तथा एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।