सन नेपाल लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

Share News

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश शुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैशाख २७ गते बुक  क्लोज गर्दैछ सोही कारण आज सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट २३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव २५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि रहेको छ ।

यी प्रस्ताव पारितका लागि कम्पनीले जेठ ९ गते अमृतभोग केटर्स प्रालि कालिकास्थान काठमाडौंमा साधारण सभा बोलाएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।