समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थीलाई स्टेशनरी वितरण

Share News

काठमाडौं। समृद्धि फाइनान्सको औरही शाखाले स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधवार औरहीको पिस जोन विद्यालयका १२५ जना विद्यार्थीलाई कापी, कलम वितरण गरेकोे हो ।

संस्थाले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमको सूची मध्ये बनेपा र मधुवन शाखाबाट गत हप्ता स्टेशनरी वितरण कार्यक्रमअन्तर्गत विपन्न वर्गका ७० विद्यार्थीलाई स्टेशनरी वितरण गरिसकेको छ ।

संस्थाले वैशाख महीनाभित्र गैर, कसाह र खरेन्द्रपुर शाखामार्फत स्टेशनरी वितरण गर्ने जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।