चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा, शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा

Share News

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महीनामा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आव २०८०/८१ को ९ महीनामा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई रु.४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ४८ करोडले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोडले धनात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको छ ।

यो पनि हेर्नुहोस्:

 विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढ्यो, श्रम स्वीकृति लिने भने घटे

समग्र मुद्रास्फीतिदर घट्यो

कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि: १२.४ महीनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने

चालु खाता रु.१६६ अर्ब ८७ करोडले र शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडले बचतमा

विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि, ७ अर्ब २४ करोड अमेरिकी डलर पुग्यो

पछिल्लो आठ महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले घट्यो

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।