काठमाडौं। समृद्धि फाइनान्सको कसाह र खरेन्द्रपुर शाखाले स्टेशनरी वितरण गरेको छ । शुक्रवार कसाह चियाबारीको आधारभूत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहियाको राष्ट्रिय आधारभूत विद्यालयका ३० जना विपन्न वर्गका जेहेनदार विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे हो ।
मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरेको बताइएको छ । संस्थाले हरेक महीना फरक फरक कार्यक्रम तय गरेको र आउने महीनाका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने तालिका रहेको बताइएको छ ।
संस्थाले हाल १३ ओटा शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।