मुक्तिनाथ विकास बैंकद्वारा स्टेशनरी वितरण

Share News

काठमाडौं। मुक्तिनाथ विकास बैंकले विभिन्न विद्यालयका विद्यार्थीलाई स्टेशनरी उपलब्ध गराएको छ । बैंकले धादिङस्थित बद्री विशाल माध्यमिक विद्यालय र स्वर्णिम एकेडेमीका १८२ विद्यार्थीलाई चाहिने स्टेशनरी सामग्री सहयोग गरेको हो ।

बैंकले शिक्षा तथा बालबालिकाको हितसम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्त्व अन्तर्गत काम गर्दै आएको बताएको छ । उक्त स्टेशनरी सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारी, विद्यालयका शिक्षक तथा पदाधिकारी लगायतको उपस्थिति थियो । यस सहयोगले विद्यार्थीमा शिक्षाप्रति थप ऊर्जा ल्याउन मद्दत पुग्ने विश्वास बैंकको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।