आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा विनोद ज्ञवाली नियुक्त

Share News

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विनोद ज्ञवाली नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको वैशाख ३० गतेको बैठकले उनलाई अध्यक्षमा चयन गरेको आरम्भ चौतारी लघुवित्तले बताएको छ । मंगलवार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष ज्ञवालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

विगत २ वर्षअघि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिएपश्चात् ज्ञवाली आरम्भ चौतारी लघुवित्तको सञ्चालक समिति सदस्य रहँदै आएका थिए । ज्ञवाली राष्ट्र बैंकले जारी गरेका नीति, नियम तथा निर्देशनहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने तथा संस्थागत सुशासनलाई नै बढी जोड दिनुपर्ने बताउँछन् । आरम्भ चौतारीका अनुसार ४७ वर्षीय ज्ञवाली विगत १६ वर्षदेखि विभिन्न बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन्, जसकारण उनमा वित्तीय क्षेत्रको राम्रो जानकारी रहेको संस्थाले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।