एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न

Share News

काठमाडौं। एशियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२४’ सम्पन्न गरेको छ । कार्यक्रममा सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आईडीया नेपाल) लगायतका संस्थाका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता थियो । एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी सामाजिक, सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ ।

कार्यक्रममा विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाका साथै डिजाइन उद्योगको प्रासांगिकताबारे बहस गरिएको बताइएको छ । कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमार, रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनले प्रस्तुति दिएका थिए । कार्यक्रममा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।