‘चुरोट उद्योगका सन्दर्भका भ्रम छरियो’

Share News

काठमाडौं। नेपाल पेय पदार्थ तथा चुरोट संघले विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित ‘चुरोटमा दक्षिण एसियामै कम कर, ज्यानमारा चुरोटप्रति सरकार किन उदार ?’ भन्ने बेहोराको विज्ञापनप्रति ध्यानाकर्षण भएको बताएको छ । संघले स्वदेशी उत्पादनबाटै राष्ट्रिय माग पूरा गर्न सक्ने अवस्थामा रहेको चुरोट उद्योगबाट हाल नेपालमा विभिन्न किसिमका चुरोट उत्पादन हुने गरेको र कूल राजस्वमा सुर्तीजन्य उद्योगको ४ प्रतिशतभन्दा बढी योगदान रहेको बताइएको छ ।

नेपालमा विक्री चुरोटमा अन्त:शुल्क, स्वास्थ्य जोखिम कर, अन्त:शुल्क स्टिकर शुल्क, मूल्य अभिवृद्धि कर, कच्चा पदार्थको आयातमा भन्सार शुल्क लगायतका कर संकलन गरिने गरिएको संघको भनाइ छ । ‘विभिन्न कम्पनीका विभिन्न ब्राण्डका चुरोटमा विक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको कुरा स्पष्ट छ,’ संघले भनेको छ । नेपाली उद्योगले पुर्याएको योगदानलाई कम आकलन गर्न मात्र नभई स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्न, आयातित एवं गैरकानूनी वस्तुलाई प्रोत्साहन गर्न, निहित स्वार्थका लागि राज्यलाई भ्रममा पार्न खोजिएको संघको आरोप छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।