सिटिजन्स बैंकद्वारा बेनी अस्पताललाई दुई थान वाटर फिल्टर हस्तान्तरण

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले म्याग्दीस्थित बेनी अस्पताललाई दुई थान आरओ वाटर फिल्टर सहयोग गरेको छ । आइतवार (आज) आयोजित कार्यक्रममा बैंकले अस्पताललाई उक्त सहयाेग हस्तान्तरण गरेको हो । 

सुरक्षित खानेपानीको अभावका कारण बिरामीलाई कठिनाईका साथै स्वास्थ्यकर्मीलाई पनि सेवाप्रवाहमा असहजता भएकाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

बैंकले देशभरका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ । 

बैंकले हाल देशको ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको छ । यही आर्थिक वर्षमा थप ७ शाखा विस्तार गरेर देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने बैंकको योजना छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।