विराटनगरमा लक्ष्मी सन्राइज बैंकको शाखा स्थानान्तरण

Share News

काठमाडौं। लक्ष्मी सन्राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका–७ स्थित हनुमान दास रोडमा रहेका २ शाखामध्ये एउटा शाखा महानगरपालिका–३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच थप सहज बनाउने विश्वास राखेको छ ।

साथै, ग्राहकलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका २ ओटा शाखा गाभी झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर लाइनबाट संयुक्त कारोबार शुरू गरेको छ । त्यसैगरी, चितवनस्थित भरतपुरको हाकिमचोकमा रहेका २ शाखा पनि गाभेर भरतपुर महानगरपालिका–१० हाकिमचोकबाट ग्राहकलाई सेवा प्रदान गर्ने बताइएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।