सिटिजन्स बैंकद्वारा बेनी अस्पताललाई वाटर फिल्टर सहयोग

Share News

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दीको बेनी अस्पताललाई आरओ वाटर फिल्टर सहयोग गरेको छ । बेनी अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरिएको हो ।

अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण बिरामीलाई कठिनाइका साथै स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाहमा असहजता भएको हुँदा अस्पतालको सेवा प्रवाह केही हदसम्म सहज बनाउन बैंकले फिल्टर सहयोग गरेको बताइएको छ । यस सहयोगबाट अस्पतालमा स्वच्छ पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणमा कमी आउने र समग्रमा स्वास्थ्यमा प्रवर्द्धन हुने विश्वास बैंकको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।