कुमारी बैंकका ग्राहकलाई होटल भिन्टाज होममा छूट

Share News

काठमाडौं। कुमारी बैंक लिमिटेड र होटल भिन्टाज होम भक्तपुर दरबार क्षेत्रबीच बैंकका ग्राहकलाई होटलका सेवा छूट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छूट प्राप्त गने बताइएको छ ।

यस सुविधाबाट ग्राहकले गुणस्तरीय सेवा सहज प्रक्रियाबाट पाउन सक्ने बैंकको अपेक्षा छ । बैंकले ३०२ शाखा, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।