काठमाडौं। नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले प्रदान गर्दै आएका विभिन्न सेवामा थप नयाँ स्वरूपमार्फत सेवा प्रवाह गर्न लागेको छ । नयाँ स्वरूपअन्तर्गत कम्पनीको नयाँ लक्ष्य, बृहत् दृष्टिकोण र नयाँ मान्यतालाई अगाडि सारेर थप सेवा प्रदान गर्न लागेको बताइएको छ । कम्पनीले गुणस्तरीय सेवा, पारदर्शिता, नैतिकता, शिष्टता र सभ्यता तथा धैर्यलाई आत्मसात् गरी ग्राहकमैत्री सेवालाई थप विशिष्ट बनाइएको बताइएको छ ।
भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबिआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच साझेदारी भएसँगै प्रमुख लक्ष्य परियोजनामा लगानी, नेपालका व्यापारिक संघ संस्थासँग सहकार्य गरी विशिष्ट वित्तीय परामर्श सेवा प्रवाह गर्ने लक्ष्य कम्पनीको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।