काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीको मणिग्रामस्थित आइएनजीए सपिङ कम्प्लेक्सबीच छूटसम्बन्धी सम्झौता भएको छ । सो समझदारीपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले सपिङ कम्प्लेक्समा १० प्रतिशतसम्मको छूट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।