काठमाडौं। ज्योति विकास बैंकले कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पता) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी बैंकले उक्त उपकरण उपलब्ध गराएको हो ।
विभिन्न चरणमा देशका विभिन्न ठाउँमा ४३ ओटा बेवी वार्मर प्रदान गरिसकेको बैंकले यस चरणमा भौगोलिक रूपले विकट क्षेत्रमा उक्त सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत सो सहयोग गरेको हो ।
बैंकले जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ स्थित विराट स्वास्थ्यचौकी, कालीकोटको तिलागुफा नगरपालिका–९ स्थित चिल्खाया स्वास्थ्यचौकी, मुगुको छाँयानाथ रारा नगरपालिकाको गुम स्वास्थ्यचौकी, दैलेख डुङ्गेश्वर गाउँपालिका–२ को लाँकुरी स्वास्थ्यचौकी र सोही गाउँपालिका–४ स्थित डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा केन्द्रको बर्थिङ सेन्टरमा उक्त सामग्री उपलब्ध गराएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।