लक्ष्मी सन्राइज बैंकको अगुवाइमा सुपर बागमती हाइड्रोमा लगानी गर्ने सम्झौता

Share News

काठमाडौं। लक्ष्मी सन्राइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र सुपर बागमती हाइड्रोपावरबीच लगानीसम्बन्धी सम्झौता भएको छ । कम्पनीले ललितपुर र मकवानपुरस्थित बागमती नदीमा निर्माण गर्ने ४१ दशमलव ३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी सम्झौता भएको हो । सो आयोजनाको कुल लागत रू. ९ अर्ब २८ करोड रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।

सुपर बागमती हाइड्रोपावरले विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमतिपत्र लिई नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद विक्री सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको प्रवद्र्धकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एएनके कन्स्ट्रक्शन रहेका छन् ।

सो परियोजना निर्माणको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकले परियोजना लागतको ७४ दशमलव ३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकी २५ दशमलव ६७ प्रतिशत रकम प्रवद्र्धक तथा संस्थापकको लगानी रहने छ । परियोजनामा लक्ष्मी सन्राइजको ३ अर्ब ४ करोड रुपैयाँ, एभरेष्ट बैंकको २ अर्ब ५ करोड र सिटिजन्स बैंकको १ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।