काठमाडौं । आरोही पूर्णिमा श्रेष्ठ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपश्चात काठमाडौं आइपुगेकी छन् । दुई सातामा तीनपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान राखेकी उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
फोटो पत्रकारसमेत रहेकी श्रेष्ठले यसअघि सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन्। विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनका पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन्।
उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। उनले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट शुरू गरेकी थिइन्। २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन् ।
त्यसपछि अन्नपूर्ण र धौलागिरि आरोहण गरिन्। उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन्। विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।