काठमाडौं । विश्व आलु दिवसको अवसरमा बिहीवार काठमाडौंमा आलु सम्मेलन आयोजना गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) र खाद्य तथा कृषि संगठन (एफओ) एफएओको संयुक्त आयोजनामा काठमाडौंमा एक दिने आलु सम्मलेन गरिएको हो । 'आलु उद्योग विस्तार, आत्मनिर्भर अर्थतन्त्रको आधार' भन्ने नाराका नेपालमै पहिलोपटक यस्तो सम्मेलन गरिएको हो ।
सम्मलेनको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले गरिन् ।
सम्मेलनमा आएका अवलोकनकर्ता प्रदर्शनीमा राखिएका विभिन्न जातका आलुबारे जानकारी लिँदै गरेको देखिए ।
आलुको बीज मूल्य श्रृंखला अनुकूलन, बजार विकास, आलु प्रशोधन र बजार अवसर तथा निजी क्षेत्र संलग्न लगायत मुख्य विषयवस्तु छलफल भएको सम्मेलनले आलुमा आत्मनिर्भर बन्ने बाटो तय गर्न सफल भएको आयोजकको विश्वास छ ।
हेर्नुस् तस्वीरहरू
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।