अप्रिलको तुलनामा पर्यटक आगमन घट्यो, पछिल्लो महीना ९० हजार जना मात्रै भित्रिए

Share News

काठमाडौं । गत अप्रिलको तुलनामा मे महीनामा नेपाल आउने पर्यटकको संख्या घटेको पाइएको छ ।

नेपाल पर्यटक बोर्डको तथ्यांकअनुसार सन् २०२४ को मे महीनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । गत वर्षको सोही महीनाको तुलनामा भने १६ प्रतिशतले बढेको छ । सन् २०२३ को सोही महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटक आएका थिए ।

नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउने गरेका छन् । मेमा मात्रै ३८ हजार २८८ जना भारतीय पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै, अमेरिकाबाट ८ हजार ५२७ जना नेपाल आएका छन् भने चीनबाट ८ हजार ३८१ जना नेपाल घुम्न आएका छन् ।

अप्रिलको तुलनामा भने विदेशी पर्यटकको संख्या घटेको छ । गएको अप्रिलमा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।