गर्मी छल्न पौडी पोखरीमा [तस्वीरहरू]

Share News

काठमाडौं । गर्मीयाम शुरु भएसँगै काठमाडौं उपत्यकामा विभिन्न पौडी पोखरीमा गर्मी छल्न आउनेको भीड देखिन्छ । उपत्यकाका सार्वजनिक पौडी पोखरी, होटल तथा रिक्रियसन सेन्टरका आउटडोर तथा इन्डोर पौडी पोखरीमा गर्मी छल्न पौडी खेल्न आउनेको भीड देखिएको हो । 

आइतवार काठमाडौंको चोभारको दक्षिणपट्टि रहेको ‘हुपिल्याण्ड एम्युजमेन्ट एण्ड वाटर पार्क’मा पौडी खेल्न तथा रेन डान्स गर्न आउनेको भीड देखियो । त्यहाँ विद्यालयका छात्रछात्रादेखि वयस्कसम्म पौडी खेलिरहेका थिए । त्यसो त त्यहाँ स्लाइडमा रेन डान्स गर्नेहरूको पनि उत्तिकै भीड थियो । 

हेर्नुस् तस्वीरहरू

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।