महानगरले खनेको सडकमा सडक विभागले गर्‍यो कालोपत्र [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सडक विभागले सोमवार बिहान कालोपत्र गरेको छ ।  

साताअघि महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडक खनेको थियो । त्यसपछि डिभिजन सडक कार्यालयले पत्रमार्फत उक्त कार्यमा रोक लगाएको थियो । 

डिभिजन सडकले सोमवार बिहान सडक कालोपत्र गर्न लाग्दा त्यहाँ नगर प्रहरी पुगेपछि विवाद भएको छ । न्यूरोड क्षेत्र जुद्ध सडकदेखि इन्द्रचोकको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । अहिले नगर प्रहरी र सडक विभागका अधिकारीबीच त्यहीँ छलफल भइरहेको छ ।

स्थानीयले पनि महानगरपालिका र बालेनविरुद्ध नारा लगाएका थिए । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।